काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको हकप्रद सेयरमा खरिद आवेदन दिने आज बुधबार अन्तिम अवसर रहेको छ ।

संस्थागत करिब एक महिनाअघि २ लाख ८८ हजार कित्ता हकप्रद साधारण सेयरको निष्कासन तथा बिक्री गरेको थियो । संस्थाले असार १ गतेसम्म कायम साबिक सेयरधनीहरुका लागि १स्१ को अनुपातमा प्रतिकित्ता १०० अंकित हकप्रद सेयर बिक्री खुला गरेको छ। 

कम्पनीले हकप्रद प्रयोजनका लागि असार २ गतेलाई बुक क्लोज गरेको थियो । 

हकप्रद सेयरको निश्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेको छ । 

सेयर खरिदका लागि सेयरधनीहरुले कम्पनीको केन्द्रीय कार्यालय बुटवल तथा यसका सम्पूर्ण शाखा कार्यालयहरुमा आवेदन दिन सक्नेछन् । त्यस्तै काठमाडौँको नक्सालमा रहेको सिद्धार्थ क्यापिटल लिमिटेड तिथा आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि–आब्सा प्रणालीमार्फत समेत सेयर खरिदका लागि आवेदन दिन सक्ने छन् । 

यो कम्पनीले हालै आफ्ना लगानीकर्तालाई २० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको थियो। प्रस्तावित बोनस सेयर र सतप्रतिशत हकप्रद सेयरसमेत वितरणपछि कम्पनीको चुक्तापूँजी बढेर ६ करोड ३३ लाख पुग्नेछ ।