काठमाण्डौ । जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार एक कोरोना संक्रमित बिरामी आइतबार बिहान फरार भएका छन्।
प्रादेशिक अस्पतालको आइसोलेसन कक्षमा राखिएका ४० वर्षीय कोरोना संक्रमित पुरुष झ्याल फोडेर भागेको जिल्ला प्रहरी कार्यालयका डीएसपी रामेश्वर कार्कीले जानकारी दिए। उनका अनुसार अस्पतालले कोरोना संक्रमित बिरामी फरार भएको जानकारी दिएलगत्तै प्रहरी टोली परिचालन गरी खोजतलास भइरहेको छ।
अस्पतालका अनुसार ती कोरोना संक्रमित बिरामी मानसिक रोगी पनि छन्। ‘यसअघि उनी भाग्ने प्रयास गर्दै आएको अस्पताल प्रशासनले जानकारी गराएको छ’, डीएसपी कार्की सिंहले भने, ‘हिजो शनिबार पनि उनले अस्पतालबाट भाग्ने कोसिस गरेका रहेछन् तर अस्पतालका कर्मचारीले नियन्त्रणमा लिन सफल भएछन्।’
जनकपुरका सबै प्रहरी युनिटलाई बिरामीको हुलियासहित सजग गराइएको डीएसपी कार्कीले बताए। ‘छिटै उनलाई नियन्त्रणमा लिइनेछ’, उनले भने।
यता अस्पतालबाट संक्रमित बिरामी भएको खबर फैलिएसँगै जनकपुर क्षेत्रमा त्रासको वातावरण सिर्जना भएको छ।
यसअघि पनि वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गरिरहेका दुई जना कोरोना संक्रमित भागेका थिए। त्यसपछि पर्सा जिल्ला प्रशासनले कार्यालयले संक्रमित बिरामी भाग्न खोजे नियन्त्रणका लागि गोली हान्नेसम्मको निर्णय गरेको थियो। तर पछि प्रशासनले यो निर्णय फिर्ता लिएको थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago