काठमाण्डौ । आउँदो जनवरी ८ देखि चीन जाने विदेशी यात्रु क्वारेन्टाइनमा बस्न नपर्ने भएको छ।
चीनले आफ्नो शून्य कोभिड नीतिलाई खुकुलो पार्दै यो निर्णय लिएको हो। चीन सरकारले विगत केही दिनदेखि लगातार कोरोनासँग सम्बन्धित प्रतिबन्ध खुकुलो पार्दै आएको छ।
यसैबीच चीनमा कोरोनाको मामिलामा ठूलो उछाल देखिएको छ। स्वास्थ्य क्षेत्रका कर्मचारीले बदलिँदो परिस्थितिलाई सम्हाल्न निकै चुनौतीको सामना गरिरहेको बताएका छन्।
चिनियाँ राष्ट्रपति सी जिनपिङले यस विषयमा आफ्ना अधिकारीहरुलाई जीवन बचाउनका लागि सक्दो प्रयास गर्न आग्रह गरेका छन्। चीनको आधिकारिक मिडियाका अनुसार जिनपिङले बदलिएको परिस्थितिसँग जुध्न थप प्रभावकारी उपाय आवश्यक रहेको बताएका छन्।
चीनले कोभिडसँग सम्बन्धित डाटा जारी गर्न रोकेको छ। तर, चीनमा हरेक दिन कोभिड संक्रमणकै कारण हजारौँ मानिसको ज्यान जाने डर छ।
सन् २०२० को मार्च महिनापछि चीन आउने सबै विदेशी यात्रुलाई क्वारेन्टाइनमा बस्न अनिवार्य गरिएको थियो।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago