काठमाण्डौ । जनसेवी लघुवित्त बित्तीय संस्था लिमीटेडले जारी गर्न लागेको रु. ४ करोड २० लाख मूल्यको आइपीओलाई इक्रा नेपालले कमजोर आधारहरु जनाउने रेटिङ दिएको छ ।
इक्रा नेपालले सो कम्पनीको आइपीओलाई आइपीओ ग्रेड फोरको रेटिङ दिएको हो । यसको अर्थ कम्पनीको अवस्था औसत भन्दा कमजोर छ भन्ने हो । यस्ता कम्पनीमा लगानी गर्नुअघि विचार पुर्याउनुपर्ने हुन्छ ।
इक्रा नेपालले १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ्ग प्रदान गर्दछ, जसमा ग्रेड १ ले बलियो आधारहरु जनाउँछ भने ग्रेड ५ ले कमजोर आधारहरु जनाउँछ । ग्रेड २, ३ र ४ मा प्रयोग गरिने प्लस चिन्हले त्यस समूहका तुलनात्मक सकारात्मक स्थितिलाई जनाउँदछ ।
आइपीओको निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनएमबी क्यापिटल रहेको छ ।
२०७२ आश्विन १२ गते नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त गरी २०७२ कार्तिक २२गते पर्वत जिल्लाको कुस्माबाट कारोवार सञ्चालन गरेको जनसेवीको हाल अधिकृत पूँजी रु. ३० करोड र जारी पूँजी रु. १४ करोड रहेकोमा संस्थापकबाट ९ करोड ८० लाख चुक्ता भईसकेको छ भने सर्वसाधारणलाई रु. ४ करोड २० लाखको शेयर निष्काशनपश्चात चुक्तापूँजी रु. १४ करोड पुग्नेछ ।
हाल वित्तीय संस्थाको पर्वत, बाग्लुङ्ग, म्याग्दी, गुल्मी, रुकुम, रोल्पा, कास्की, तनहूँ, लम्जुङ्ग र गोर्खा गरी १० जिल्ला कार्यक्षेत्र रहेको छ ।
हालसम्म २१ वटा शाखा कार्यालयमार्फत रु. १ अर्ब १५ करोड भन्दा बढी कर्जा लगानी गरिसकेको छ भने ४२ करोड कर्जा लगानीमा रहेको छ र सदस्यहरुबाट १२ करोडभन्दा बढी निक्षेप समेत संकलन गरेको छ ।
त्यसैगरी, यस वित्तीय संस्थाले हालसम्म ११,८०० जना बढी सदस्यहरुलाई लघुकर्जाको सेवा प्रदान गरेको छ । चालु आर्थिक वर्षको पौष मसान्तभित्रमा नै शेयर जारी गरीसक्ने वित्तीय संस्थाले जनाएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago