काठमाण्डौ । जनसेवी लघुवित्त वित्तीय संस्था लिमीटेड ४ करोड २० लाख रुपैयाँ बराबरको आइपीओ निश्कासनको माग गर्दै धितोपत्र बोर्ड पुगेको छ । 

यो कम्पनीले १०० रुपैयाँ अंकित दरका ४ लाख २० हजार कित्ता साधारण सेयरको प्राथमिक निश्कासनको अनुमति माग्दै भदौ २६ गते बोर्डमा आवेदन दिएको हो । 

धितोपत्र बोर्डले समेत कम्पनीको आइपीओ प्रस्तावलाई आइपीओको पाइपलाइनमा राखेको छ । 

कम्पनीले आगामी पुसभित्रमा प्रस्तावित आइपीओ सर्वसाधारणका लागि निश्कासनको योजना बनाएको छ । 

आइपीओको निश्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमीटेड रहेको छ । 

पर्वतमा मुख्य कार्यालय रहेको यो लघुवित्त कम्पनीको जारी पूँजी १४ करोड रहेको छ । जसमध्ये ९ करोड ८० लाख संस्थापकले हालेका छन् भने आइपीओमार्फत ४ करोड २० लाख उठाउने योजना छ, जुन सर्वसाधारण सेयरको रुपमा रहनेछ ।

यो माइक्रोफाइनान्स कम्पनीले २१ वटा शाखा बिस्तार गरी पर्वत, बाग्लुङ, म्याग्दी, रुकुम, रोल्पा लगायतका १० जिल्लामा बित्तीय सेवा प्रवाह गरिरहेको छ ।