काठमाण्डौ । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिले आज मंगलबार औपचारिक रुपमा काम सुरु गर्ने भएको छ। 

बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई संलग्न गराई करको दर हेरफेर गरेको आरोप लागेका शर्मामाथि छानबिन गर्न प्रतिनिधिसभाले गत साता बुधबार ११ सदस्यीय संसदीय विशेष समिति गठन गरेको थियो। बजेट निर्माण प्रक्रियाका विषयमा विभिन्न आरोप लागेपछि शर्माले गत असार २२ गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।

समितिको बैठक आज दिउँसो दिउँसो सिंहदरबारमा बस्नेछ। बैठकले कार्यविधि निर्माण, समितिको सभापति चयनलगायतका काम गर्नेछ। 

संसदीय विशेष समितिलाई छानबिन कार्य सुरु गरेको १० दिनभित्र प्रवेदन बुझाउन निर्देशन दिइएको छ।