काठमाण्डौ । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथिको छानबिन प्रक्रिया लगभग अन्तिम चरणमा पुगेको छ।
बजेट निर्माणका क्रममा करका दरमा हेरफेर गरेको आरोप लागेपछि शर्मामाथि छानबिन गर्न गत असार २२ गते प्रतिनिधिसभाले संसदीय विशेष समिति गठन गरेको थियो। सोही दिन शर्माले राजीनामा दिएका थिए।
समितिले गत मंगलबारबाट औपचारिक रुपमा छानबिन प्रक्रियाको थालनी गरेको थियो।
समितिका एक सदस्यका अनुसार छानबिन प्रक्रिया लगभग अन्तिम चरणमा पुगेको छ। ‘समितिले यो ६ दिनको अवधिमा अर्थ मन्त्रालयका कर्मचारीहरुसँग सोधपुछ गर्ने काम सकेको छ’, ती सदस्यले भने, ‘अब हामी छानबिनको निष्कर्ष तयार पार्ने काममा लागेका छौँ।’
यसैबीच विशेष समितिको आज बिहान १० बजे बैठक बस्दैछ। बैठकमा छलफल गर्न शर्मालाई पनि बोलाइएको ती सदस्यले जानकारी दिए।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19