काठमाण्डौ । माओवादी केन्द्रका नेता जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त हुने भएका छन्। 

यसअघि चालु आर्थिक वर्षको बजेटमा करको दरमा हेरफेरको आरोप लागेपछि शर्माले गत असार २२ गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए। सोही दिन प्रतिनिधिसभाबाट उनीमाथि छानबिन गर्न संसदीय विशेष समिति गठन गरेको छ। 

विशेष समितिले शर्मामाथि लागेको आरोप प्रमाणित सकेन। उनलाई त्यस प्रकरणमा समितिले क्लिन चिट दिएको छ। 

यसैबीच माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई नै अर्थमन्त्री नियुक्त गर्न सिफारिस गरेका छन् । ‘शर्मालाई आजै अर्थमन्त्रीमा नियुक्त गरेर सपथ ग्रहण गराउने तयारी भइरहेको छ’, स्रोतले भन्यो। 

त्यसो अर्थमन्त्रीबाट राजीनामा दिएपछि शर्माले मन्त्री क्वार्टर भने छाडेका छैनन्।