काठमाण्डौ । माओवादी केन्द्रका नेता जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त भएका छन्। 

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई अर्थमन्त्रीमा नियुक्त गरेकी हुन्। शर्माले आजै ५ बजेपछि सपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ। 

चालु आर्थिक वर्षको बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराएर करको दर हेरफेर गरेको आरोप लागेपछि शर्माले गत असार २२ गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए। 

सोही दिन प्रतिनिधिसभाले शर्मामाथि छानबिन गर्न संसदीय विशेष समिति गठन गरेको थियो। तर, समितिले शर्मामाथि लागेको आरोपका प्रमाणहरु फेला पार्न सकेन र शर्मालाई क्लिन चिट दिएको थियो। 

शर्माको राजीनामापछि अर्थ मन्त्रालयको जिम्मेवार प्रधानमन्त्री देउवाले सम्हाल्दै आएका छन्।