काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्ससँग मर्जर सम्झौता गरेपछि सेयर कारोबार रोक्का भएको रिलायन्स लाइफ इन्स्योरेन्सको सेयरमा आज एकाएक पोजिटिभ सर्किट लागेको छ।
कम्पनीको सेयरमा १० प्रतिशतको बढोत्तरीका साथै पोजिटिभ सर्किट लागेको हो। योसँगै कम्पनीको सेयरभाउ ३३.५ रुपैयाँको बढोत्तरीका साथ ३६८.५ रुपैयाँ पुगेको छ।
सेयर कारोबार रोक्का रहेकै अवस्थामा कसरी यो कम्पनीको सेयरमा एकाएक पोजिटिभ सर्किट लाग्यो भनेर लगानीकर्ताहरु अचम्मित परेका छन्।
रिलायन्स र सानिमा लाइफबीच गत असार २९ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो। सोही दिन रिलायन्स लाइफको सेयर कारोबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले रोक्का गरेको छ।
नेप्सेका प्रवक्ता मुराहरि पराजुली प्राविधिक वा मानवीय त्रुटिका कारण रोक्का रहेको रिलायन्स लाइफको सेयर आज कारोबारमा आएको बताउँछन्। ‘रिलाइन्स लाइफको सेयर कारोबार रोक्का नै छ, फुकुवा भइसकेको छैन’, उनले भने, ‘प्राविधिक वा मानवीय त्रुटिले कारोबार खुलेको हुन सक्छ। हामी यस विषयमा अनुसन्धान गरिरहेका छौँ।’
प्रवक्ता पराजुलीका अनुसार यो जानकारी पाउनेबित्तिकै रिलायन्स लाइफको सेयर कारोबार रोकिएको छ। ‘आज भएको कारोबारको हकमा के गर्ने भन्ने विषयमा नेप्सेको व्यवस्थापन समितिको बैठकले निर्णय गर्छ।’
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19