काठमाण्डौ । जलविद्युत लगानी तथा विकास कम्पनीले आफ्ना सेयरधनीलाई ५० करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ । 

कम्पनीको कात्तिक २० गते बसेको १६३ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७३/७४ का लागि चुक्तापूँजीको ५ प्रतिशतको दरले हुन आउने ५० करोड रुपैयाँ नगद लाभांश वितरणको निर्णय गरेको हो । यो नगद लाभांश करसहितको हो । 

कम्पनीको आगामी वार्षिक साधारणसभा र नेपाल सरकारबाट स्वीकृत भएपछि घोषित नगद लाभांश सेयरधनीले पाउनेछन् ।