-भक्तराज रसाइली
काठमाण्डौ । एक हजार वा सोभन्दा थोरै रकमसमेत लगानीका निम्ति सहज  माध्यम  नेपालको पूँजीबजार हो । विभिन्न क्षेत्र, तह र तप्काका व्यक्तिहरुका लागि समेत पूँजीबजार निकै आकर्षक लगानीको प्लेटफर्म बन्दै गएको छ । जागिरेहरुका लागि त झन् बचत रकम पूँजीबजार निकै राम्रो लगानीको विकल्प हो । जागिरे जीवनमा आर्जेको केही बचत रकम सेयर बजारमा लगानी गर्दै सक्रिय रहेका एक पात्रको स्टोरी यो साता प्रस्तुुत गरिएको छ । मार्केटिङ क्षेत्रमा रोजगार गर्दै बचतलाई सेयरमा लगानी गर्दै आएका एक सक्रिय लगानीकर्ता हुन्, किशोरकुमार श्रेष्ठ ।

दोलखा भीमसेन नगरपालिकामा जन्मेर काठमाण्डौलाई कार्यक्षेत्र बनाई मार्केटिङको जागिरे श्रेष्ठ हाल ललितपुर सानेपाका स्थायी बासिन्दा हुुन् । श्रेष्ठ हाल एक प्रख्यात रिफाइन्ड तेल कम्पनीमा सेल्स मेनेजरका रुपमा जागिरे छन् । श्रेष्ठ सेयर बजारमा समेत सक्रिय लगानी गर्र्दै आइरहेका छन् ।

कक्षा ६ मा पढ्न आएका श्रेष्ठ २०३७ सालमा दोलखाबाट राजधानी काठमाण्डौ छिरे । माध्यमिक शिक्षा जनप्रभात माविबाट हासिल गरी श्रेष्ठले बी.कम. मार्केटिङ विषयमा उत्तीर्ण गरे । ह्रिमकार एजेन्सीमा मार्केट एजेन्टका रुपमा २०४२ सालबाट जागिरे जीवन सुुरुवात गरेका उनले स्वदेशी तथा बिदेशी आधा दर्जन प्रख्यात कम्पनीहरुमा सेल्स मेनेजर पदमा काम गर्न भ्याए । साढे चार वर्ष त उनी भियतनाममा रहेको एएमआई अष्ट्रेलिया कम्पनीमा समेत काम गर्न पुगे ।

मार्केटिङकै जागिरबाट लाख रुपैयाँ तलब बुझदै आएका श्रेष्ठले आफ्ना साथी ब्रोकर नम्बर १६ का मेघनाथ उपाध्यायलाई भेटेपछि सेयर बजारमा छिरेका थिए । साथीकै सल्लाहमा सेयर बजारमा पाइला टेकेका उनले एकैचोटि दोस्रो बजारमै लगानी गर्न सुुरु गरेका थिए । उसो त उनले सेयर बजारबारे प्राविधिक शिक्षा समेत हासिल गरेका छन् । एनटीसीको सेयर दोस्रो बजारबाट ९०० प्रतिकित्ता ११०० कित्ता किनेर सेयर बजारमा लगानी थाल्दा २०६६ सालताका बजार बुल थियो । बुलिस बजारमा छिरेका उनले त्यसपछि खुलेका प्राथमिक निष्कासनहरु सिटिजन्स बैंक, अरुण हाइड्रो, सनराइज बैंकका आइपीओमा समेत लगानी गरे । श्रेष्ठले करिब २० लाख सेयर बजारमा र २० लाख जति जग्गामा लगानी विविधिकरण गरे । ‘मैले सेयरमात्रै किनेको भए ठूलो नोक्सान हुन्थ्यो, तर मैले जग्गामा पनि लगानी गरेकाले लगानी सन्तुलन भयो।’उनले बिजशालासँग भने । 

हुुन पनि सेयरबजारको नशा चढ्दै गएपछि घरजग्गा सबै बेचेर सेयरलगानीमै खन्याउने लगानीकर्ताहरुप्रति उनको दूूरदर्शिता र रणनीति एउटा मार्गदर्शन बन्न सक्दछ । श्रेष्ठका अनुुसार हाल उनको पोर्टफोलियो करिब १० प्रतिशत मात्रै नोक्सानमा छ ।

दोस्रो बजारमा सक्रिय रहँदारहँदै श्रेष्ठले लिलामीबाट प्रतिकित्ता ८५० रुपैयाँमा किनेको लुुम्बिनी जनरल इन्स्योरेन्स हाल प्रतिकित्ता ४०० रुपैयाँमा सीमित छ । उनकाअनुुसार यो नै उनले सबैभन्दा बढी नोक्सानी व्यहोर्नुु परेको स्क्रिप्ट हो । 

ठूला कम्पनीहरुमा लगानी गर्न जागिरेहरुको आम्दानीले नभ्याए पनि सेयर बजारले बचत रकम सहज ढंगले लगानी गर्न सक्ने आधार दिएकोमा श्रेष्ठ दङ्ग देखिन्छन् । उनी भन्छन्–‘थोरै पैसाको लगानीबाट पनि कम्पनीको अंग बन्न पाइने भनेकै सेयरको लगानीबाट सम्भव छ ।’

विदेशमा समेत बसेर मार्केटिङ करिअरमा कन्ट्री मेनेजर भइसकेका श्रेष्ठले करिब १ वर्षयता ऋण लिएर समेत सेयरमा नै लगानी गर्दै आएका रहेछन् । उसो त मासिक तलबको केही बचत अंशलाई सेयर बजारमै लगानी ओइराएका उनी नेपाली सेयर बजारको ८ वर्षे साइकल हुुने दाबी गर्छन् । ‘सन् २००४, २०१२ र २०२० मा एउटा मार्केट साइकल हुुने इतिहासलाई हेरी अहिले मैले बियरिस अवस्थामा लगानी बढाइरहेको छु।’ उनले थपे ।

‘आज कोही पनि प्रत्यक्ष उद्योगी बन्न सक्दैनन् तर हामीले थोरै लगानीबाट पनि सेयर बजारमा लगानी गर्ने मौका पाएकाले मालिक हुुने क्षेत्र भएको मेरो बुुझाइ हो।’श्रेष्ठले बिजशालासँग भने–‘सही कम्पनीको सेयर सही समयमा दीर्घकालीन सोंच राखी खरीद गर्न सक्नुुपर्छ ।’ कुुनै पनि कम्पनी गलत नहुुने दाबी गरेका श्रेष्ठ सरकारी नीति, नियम र व्यक्तिगत स्वार्थले गर्दा कम्पनी डुुबेर टाँट पल्टिने जिकिर गर्छन् ।

हाल हाइड्रोपावर सेक्टरका सेयरको मूूल्यमा पहिरो जानुमा हाइड्रो व्यवसायी नै कारक भएका श्रेष्ठको आरोप छ । बैंकबाट एलसी खोलेर सामान लिँदा थर्ड पार्टीबाट कमिसन खाने चलन भएको र यस्ता कमिसनको खेलले नै हाइड्रो सेक्टरलाई जर्जर बनाएको उनको दाबी छ । 

सेयर बजारमा अथाह सम्भावना रहेको उल्लेख गर्दै श्रेष्ठले ‘के गर्दैछुु ? केका लागि गर्दैछुु? र किन गर्दैछु ?’ भनी जानकारी लिएर मात्र बजार प्रवेश गर्न नयाँ लगानीकर्तालाई सुुझाए । सेयर शिक्षा तथा तालिम लिने र दीर्घकालीन पोर्टफोलियो बनाउन जरुरी रहेको श्रेष्ठको ठम्याइ छ । यसका साथै मोफसलमा समेत सेयरसम्बन्धी तालिम तथा पर्याप्त सचेतना फैलाउन अबेर भइसकेको उनको भनाई छ । 

पूूँजीबजारका समस्या तथा चूूनौती के देख्नुुहुुन्छ ? भन्ने जिज्ञासामा श्रेष्ठले ९५ प्रतिशत समस्याको चाङ रहेको दाबी गरे । ‘सरकार अभिभावकको भूूमिकामा आउन नखोज्नुु र सरकारी नीति दीर्घकालीन नहुुनुु नै पूँजीबजारको प्रमुख चूूनौती हो।’ थप प्रष्ट पार्दै श्रेष्ठले भने–‘ व्यक्तिगत फाइदा लिने होडबाजीले सोझा लगानीकर्ता फसाउने काम समेत सेयर बजारमा हुुन्छ ।’
नियामक निकायको नेतृत्वमा पोख्त र विश्वासिलो व्यक्तिको अभाव खट्केको बताउँदै श्रेष्ठ निस्वार्थ र निडर लिडर चाहिएको बताउँछन् । देश र पूूँजीबजारप्रति बफादार नेतृत्वले नेपालको पूँजीबजारलाई अग्रगामी दिशा दिनसक्ने उनको जिकिर छ ।

अहिले बजार घटेर सेयरमूूल्यमा घाटा बेहोर्नुुुपरे पनि चिन्ता नलिन श्रेष्ठको आग्रह छ । ‘अब निकट समयमा बजार परिवर्तन हुुने छाँटकाँट देखिइरहेको छ ।’ उनले भने ।

यसरी जागिरे जीवनमा रहँदा हामीले पूूँजी निर्माण तथा परिचालनका लागि प्लेटफर्म मानिएको सेयर बजारको भविष्य सुुनौलो छ  । भोलिका दिनमा दिर्घकालीन मुुनाफाका  लागि स–सानो बचत पनि अवसरको ढोका खोल्ने एउटा माध्यम बन्न सक्दछ । सबैले आफ्नो हैसियत अनुुसार र बचत रकम सेयरमा लगानी गरिए भविष्यमा उत्कृष्ट मुुनाफा आर्जन गर्ने विश्वासिलो क्षेत्र भनेकै सेयर बजार हो ।