काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जाजरकोटमा गएको भूकम्पको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।

जाजरकोटकोको बारेकोट केन्द्रविन्दु भएर शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प जाँदा १२८ बढीको मृत्यु भएको छ। सयौँ घाइते भएका छन्। ठूलो संख्यामा घरहरु भत्किएका छन्। 

प्रधानमन्त्री मोदीले भारत नेपाली जनताको दुःखको बेला साथमा रहेको पनि बताएका छन्। ‘हरसम्भव सहयोग गर्ने तयार छौ’, उनले भनेका छन्। 

प्रधानमन्त्री मोदीले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन्।