काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जाजरकोट भूकम्पमा परी घाइते भएकाहरुको अवस्थाबारे जानकारी लिएका छन्।

जिल्ला अस्पताल जाजरकोट पुगेर प्रधानमन्त्री दाहालले घाइतलेहरुलाई भेटेका हुन्। प्रधानमन्त्रीसँगै वीर हस्पिटल र ट्रमा सेन्टर, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी अस्पतालका डाक्टरहरु स्वास्थ सामग्रीसहित प्रभावित क्षेत्र पुगिसकेको छ। तत्काल उपलब्ध केही राहत सामग्री पनि हेलिकप्टर र जहाजमार्फत पठाइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

गृह मन्त्रालयले पनि प्रभावित जिल्ला मात्र नभई आसपासका जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत पनि उद्धार र राहतमा सहभागी बन्न निर्देशन दिइसकेको छ।

शुक्रबार मध्यरातमा गएको भूकम्पमा परी जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन्।