काठमाण्डौ । जाजरकोटमा शुक्रबार मध्यरातमा गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १३२ पुगेको छ। 

पछिल्लोपटक प्राप्त तथ्यांकअनुसार जाजरकोटमा ९५ जना र रुकुम पश्चिममा ३७ जना गरी १३२ जनाको मृत्यु भएको पुष्टि भएको दुवै जिल्ला प्रहरी कार्यालयले जनाएका छन्। 

प्रहरीका अनुसार भूकम्पमा परी जाजरकोटमा ५५ जना र रुकुम पश्चिममा अहिलेसम्म ८५ जना घाइते भएका छन्। उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। 

भूकम्प प्रभावित क्षेत्रमा ३ वटै सुरक्षा निकायका टोलीले उद्धार कार्य जारी राखेका छन्। 

जाजरकोटमा शुक्रबार राति ११ः४७ बजे ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो।