काठमाण्डौ । जानकी फाइनान्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७५/७६ का लागि आफ्ना सेयरधनीहरुलाई २३.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

संस्थाको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको हो । संस्थाले चुक्तापुँजी २२ प्रतिशतका दरले हुन आउने बोनस सेयर र बोनस सेयर कर प्रयोजनार्थ १.१६ प्रतिशतका दरले हुन आउने नगद लाभांशका रुपमा वितरण गर्न लागेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि आगामी साधारणसभाबाट पारित गर्दै सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ ।