काठमाण्डौ । इसेवा मनि ट्रान्सफरले आफ्नो पहिलो सेवा जापानबाट सुरु गरेको छ । 

जापानको वल्र्ड फेमिली रेमिटको डिजिटल माध्यमबाट रेमिट्यान्स् कारोबार सुरु गरेको इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक  अजेश कोइरालाले दिए । यो सँगै अब जापानमा रहेका नेपालीहरुले इसेवा मनि ट्रान्सफर मार्फत सहज र सुरक्षित रुपले रकम पठाउन सक्नेछन्।

आगामी दिनहरुमा विश्वका अन्य मुलुकबाट पनि रेमिट्यान्स् कारोबार सुरु गरिने प्रबन्ध निर्देशक कोइरालाले बताए । 

कोइरालाले भने। ‘हामी जापान बाहेक अन्य मुलुकमा पनि छिट्टै सेवा विस्तार गर्दैछौँ, अबदेखि कुनै पनि ठाउँमा रहनु भएका नेपालीहरुले छिटो, छरितो र सुलभ माध्यबाट नेपालमा पैसा पठाउन सक्नु हुनेछ । अब हामी नयाँ सोच, प्रविधि र समय अनुसार अगाडि बढ्नु पर्ने बाध्यात्मक अवस्था आएको छ । डिजिटल माध्यमबाट नै आफुलाई सुरक्षित, समयको बचत, आर्थिक फाइदा र प्राविधिक ज्ञानको अवसर मिलेको छ ।’

इसेवा मनिट्रान्सफरलाई विप्रेषणको विश्व बजारमा छुट्टै नाम, सेवा र प्रविधिको पूर्ण प्रयोग गर्ने कम्पनीको रुपमा स्थापना गर्नु आफूहरुको उद्देश्य रहेको कम्पनीको भनाई छ । इसेवा मनि ट्रान्सफरले करिब दुई महिना अघि नेपाल राष्ट्रबैंकबाट लाइसेन्स् प्राप्त गरेको थियो ।