काठमाण्डौ । मेडिकल सामग्रीको अभावले देशमा कोरोनाको जोखिम बढेको आमजनगुुनासोपछि प्रतिपरिवार पुुनः प्रयोग गर्न मिल्ने कपडाको मास्क बाँड्ने निर्णय गरेका जापानका प्रधानमन्त्री सिन्जो आबेले अहिले बाँड्न नसकेपछि कडा आलोचनाहरु सामना गर्नुपरिरहेको छ। 

जापानमा सुुरुआती चरणमा चालिएका कदमले तुुलनात्मक रुपमा कोरोनाभाइरसको संक्रमण नियन्त्रणमा थियो। केही सातायता भने कोरोना संक्रमितको संख्या वृद्धि भइरहेको छ। 

जोन हपकिन्स युुनिभर्सिटीका अनुुसार हालसम्म जापानमा संक्रमितको संख्या २ हजार ३०० पुुगेको छ। कोरोनाबाट मर्नेको संख्या ५७ पुुगेको छ। 

प्रधानमन्त्री आबेले बढी प्रभावित क्षेत्रहरुमा कपडाको मास्क वितरण गर्दा तीव्रगतिमा फैलिरहेको संक्रमण रोक्न मद्दत गर्ने बताएका थिए। उनको यो निर्णयपछि सामाजिक सञ्जालमा उनको आलोचना भइरहेको छ। ट्विटरमा ह्यास ट्याग अबेस् मास्क र स्क्रियू योर टुु मास्क ह्यास ट्याग ट्रन्डिङमा चलेको छ। धेरैजसोले आबेको यो कदम सशक्त नभएको र यो महिनाको अन्त्यसम्म पनि मास्क वितरण हुुन नसकेकोले कोरोनाभाइरसको संक्रमण रोक्न असर्मथ हुुने बताएका छन्। 

कतिपयले चर्चित काटुुनका पात्रहरु प्रयोग गरेर एक परिवारले एउटा मास्क प्रयोग गरिरहेको मिम बनाएर आबेको निर्णयलाई व्यंग्य गरिरहेका छन्। आबेले गत बुधबार आपतकालजस्तो निर्णयले समस्या समाधान नहुुने भन्दै देशमा आपतकाल घोषणा नगर्ने बताएपछि जनतामा आक्रोश उत्पन्न भएको हो। आपतकालको घोषणा भएको भए गर्भनरहरुलाई आफ्नो राज्यका जनतालाई घरमै बस्न आग्रह गर्न एउटा बलियो सन्देश दिन अनुुमति मिल्थ्यो। तर यो बाध्यकारी भने हुुने थिएन। 

गत साता टोक्योका गर्भनर युुरिको काइकेले १३.५ मिलियन नगरवासीलाई अप्रिल १२ बार, रेस्टुुराँ बन्द गर्न र सार्वजनिक स्थलमा भेला हुुन बन्द गर्न आग्रह गरेका थिए। 

अहिले टोक्योका स्कुुल, चिडियाखाना र म्युुजियमजस्ता सार्वजनिक सुुविधाहरु मे ६ सम्मका लागि बन्द अवस्थामा रहेका छन्। टोक्योमा एकैदिन ७८ वटा नयाँ संक्रमणको घटना देखिएपछि कोइकेले मंगलबार आबेलाई आपतकाल घोषणा गर्न आह्वान गरेका थिए। – एजेन्सी