गुुगलले आफ्नो ईमेल सर्भिस जि–मेलमा एउटा नयाँ फिर्चस थप्दैछ । थपिने नयाँ फिर्चसको सहायताले यसका प्रयोगकर्तालाई धेरै नै फाइदा पुुग्नेछ ।
यो नयाँ फिर्चसको सहयोगले प्रयोगकर्ताले डाउनलोड नगरी नै आफ्नो अट्याचमेन्ट पठाउन सक्नेछन् । यो नयाँ फिर्चस चाँडै तपाइको ईमेलमा जोडिनेछ । गुुगलले एउटा ब्लगपोस्ट मार्फत यसको जानकारी दिएको हो ।
गुुगलकाअनुुसार कतिपय अवस्थामा प्रयोगकर्ताले इमेलमा प्राप्त अट्याचमेन्ट फाइललाई डाउनलोड गरेर फेरि त्यसलाई अलगअलग मेलबाट फरवार्ड गर्नुुपर्ने समस्यालाई मध्यनजर गर्दै यो नयाँ फिर्चस ल्याएको जनाएको छ । कम्पनीकाअनुुसार अब यो सम्स्याबाट प्रयोगकर्ताले चाँडै मुक्ति पाउनेछन् ।
कम्पनीकाअनुुसार अब कुुनै पनि मेल फरवार्ड गर्नुुपूर्व त्यसलाई डाउनलोड गर्नुुपर्ने छैन । यस अगाडि मेल फरवार्ड गर्नुुपूर्व त्यसलाई डाउनलोड गर्नुुपर्ने बाध्यता थियो । यो सुुविधा सुुरु हुुने बित्तिकै थ्री डट मेनुुमा एउटा नयाँ फरवार्ड एज अट्याचमेन्ट विकल्प देखिनेछ । यो नयाँ थ्री डट मेनुुको सहायताले मेललाई सिधै फरवार्ड गर्न सकिनेछ ।
गुुगलको यो नयाँ सुुविधा अर्काे महिनाबाट सुुरु हुुने छ । यो सुुविधामार्फत प्रयोगकर्ताले कुुनै नयाँ इमेल पठाउँदा या त अट्याच बटनको प्रयोग गर्न सक्छन् या त एकसाथ धेरै इमेल छनोट गरेर थ्री डट मेनुुमा फरवार्ड एज अट्याचमेन्ट विकल्प रोज्न सक्नेछन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago