काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले पौने ५ लाख कित्ता बढी सेयर आजबाट बिक्रीमा राखेको छ। 

संस्थाले संस्थापक समूहको ४ लाख ७८ हजार ३३८ कित्ता सेयर बिक्रीमा राखेको हो। बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। 

बिक्रीमा सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन पेस गर्न पाउनेछन्। न्यूनतम १ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन पेस गर्न सकिनेछ।

आवेदन मोरङको कटहरी–२ स्थित केन्द्रीय कार्यालय र धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलको काठमाण्डौ नागपोखरीस्थित कार्यालयमा पेस गर्नुपर्नेछ। आवेदन माघ १३ गते बैंकिङ समयसम्म पेस गर्नुपर्नेछ।