काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्थाले चालू आव २०८०/०८१ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको पहिलो त्रैमाससम्ममा रू.१२ करोड ५ लाख नाफा कमाएको छ ।उक्त नाफा गत आवको पहिलो त्रैमासको तुलनामा २१ प्रतिशतले कम हो ।

कम्पनीले गत आवमा रू. १५ करोड ३२ लाख नाफा आर्जन गरेको थियो । चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा भने घटेको छ ।  गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी ७ प्रतिशतले घटेको छ । गत आवमा कम्पनीले इम्पेयरमेन्ट चार्ज  रू.५ करोड ८३ लाख छुट्याएकोमा चालू आवमा रू. १० करोड १३ लाख छुट्याएको छ । सोही कारण कम्पनीको सञ्चालननाफा २१ प्रतिशतले घटेको हो । 

चालू आवमा कम्पनीको खुद नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ५१ रुपैयाँ ८६ पैसा रहेकोमा चालू आवमा घटेर ४०.७८ पैसामा झरेको छ ।  गत आवमा कम्पनीको निष्क्रिय कर्जा १.१२ प्रतिशत रहेकोमा चालू आवमा बढेर ३.२६ प्रतिशत पुगेको छ । 

चुक्तापूँजी रू.१ अर्ब १८ करोड रहेको उक्त कम्पनीको जगेडा कोषमा रू. १ अर्ब २३ करोड रहेको छ ।

यसैगरी, रिटेन्ड अर्निङमा रू. ९५ करोड ६१ लख सञ्चिती छ । कम्पनीको मूल्य आम्दानी अनुपात ३२.६६ गुणा र प्रतिशेयर नेटवर्थ २८५.०१ पैसा रहेको छ ।