काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा नयाँ कीर्तिमान कायम भएको छ। 

यो आईपीओमा हालसम्मकै धेरै आवेदन परेको हो। यो आईपीओमा आवेदन दिने आज (असार १५ गते) अन्तिम दिन थियो। 

धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आज साँझ ५ बजेसम्म २० लाख ५९ हजार ३५८ आवेदकबाट ३ करोड ९ लाख १० हजार ५३० कित्ता माग भएको छ। यस हिसाबले यो आईपीओले यसअघिका आईपीओमा परेको आवेदनको रेकर्ड ब्रेक गरेको छ। यसअघि ज्योति लाइफ इन्स्योरेन्सको आईपीओमा हालसम्मकै उच्च १८ लाख ४२ हजार ४८० जनाको आवेदन परेको थियो।

जीवन विकास लघुवित्तले गत असार ११ गतेबाट १०० रुपैयाँ अंकित दरका कुल १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ निष्कासन गरेको छ। जसमा ३० हजार ४२० कित्ता कर्मचारीका लागि र ९८ हजार ८६५ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी १८ लाख ४८ हजार १५ कित्तामा सर्वसाधारणका लागि छुट्याइएको थियो। 

यो आईपीओमा मागभन्दा १६.७२ गुणा सेयर खरिदका लागि आवेदन परेको छ।