काठमाण्डौ । पहिलो दिनको कारोबारमै जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर प्रतिकित्ता ९१४ रुपैयाँ कायम भएको छ।
स्पेसल प्रिओपन सेसनमा यो संस्थाको सेयर प्रतिकित्ता ९१४ रुपैयाँमा कारोबार भएको थियो। नेप्सेले पहिलो कारोबारका लागि न्यूनतम ३०५.२७ रुपैयाँदेखि अधिकतनम ९१५.८१ रुपैयाँ तोकिएको थियो। नेप्सेले तोकेकै रेन्जभित्र सेयर किनबेच भएपछि यो संस्थाको सेयर नियमित कारोबारका लागि खुलेको छ।
यो समाचार तयार पार्दासम्म जीवन विकासको सेयरमूल्यमा ६ बढीको बढोत्तरी भइरहेको छ। अहिले प्रतिकित्ता ९६९.८० रुपैयाँ पुगेको छ।
जीवन विकास लघुवित्तको सेयर हिजो बुधबार नेप्सेमा सूचीकृत भएको थियो।
जीवन विकास लघुवित्तले गत असार ११ गतेदेखि असार १५ गतेसम्म कुल १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ बिक्री गरेको थियो। जसमा ३० हजार ४२० कित्ता कर्मचारीलाई र ९८ हजार ८६५ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो। बाँकी १८ लाख ४८ हजार १५ कित्तामा सर्वसाधारणले खरिद आवेदन दिएका थिए।
यो लघुवित्तले गत असार २३ गते आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरेको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19