काठमाण्डौ । कोरोना संक्रमणको संख्या बढ्दै जान थालेपछि जुम्लामा बुधबार बिहानदेखि तीन दिनका लागि निषेधाज्ञा जारी गरिएको छ।
जिल्ला प्रशासन कार्यालय जुम्लाले कोरोना भाइरसको संक्रमण फैलिन नदिन बुधबार बिहान ९ बजेदेखि शुक्रबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो। जुम्लामा भारतबाट आएका नागरिक र सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि त्यसलाई समुदायस्तरमा फैलिन नदिन निषेधाज्ञा जारी गरिएको हो।
निषेधाज्ञाको उल्लंघन गर्दै कसैलाई पनि घरबाट बाहिर ननिस्कन प्रशासनले आग्रह गरेको छ। निषेधाज्ञाको अवज्ञा गरे कानुनबमोजिम कारबाही हुने प्रशासनले चेतावनी दिएको छ।
प्रशासनद्वारा जारी सूचनामा निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवाबाहेकका सबै पसलहरु बन्द हुने उल्लेख छ।
त्यस्तै अनुमति प्राप्त सवारीसाधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने साधनबाहके अन्य निजी तथा सार्वजनिक सञ्चालनमा पूर्ण रुपमा रोक लगाइएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago