ipo
काठमाडौं । शुभम पावर लिमीटेडले आगामी जेठ २० गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आइपीओ निश्कासन गर्ने भएको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि २ करोड मूल्यको २ लाख कित्ता आइपीओ निश्कासन गर्ने भएको हो ।
जेठ २० गतेदेखि खुल्ने आइपीओमा छिटोमा असार ३ र ढिलोमा असार २४ गतेसम्म आवेदन दिन मिल्ने बताइएको छ ।
इच्छुकले न्यूनतम ५० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आइपीओ खरीदका लागि आवेदन दिन पाइने बताइएको छ ।
शुुभमको आइपीओको निश्कासन तथा बिक्री प्रबन्धकको काम सीबीआइएल क्यापिटल लिमीटेडले गर्नेछ ।
कम्पनीले प्रभावित स्थानीयबासिन्दालाई १० प्रतिशत आईपीओ निष्कासन गर्न लागेको हो । स्थानीयपछि शुुभमले ४ करोड बराबरको आइपीओ सर्वसाधारणका लागि निश्कासन गर्नेछ ।
स्थानीयलाई समेत आइपीओ निश्कासन गरेपछि कम्पनीको चुक्तापूँजी २० करोडको उचाईमा पुग्नेछ । दुवै आइपीओबाट ६ करोड पूँजी जुटाउने कम्पनीको उद्देश्य हो ।
शुभम पावरले करिब १ मेगावाट क्षमताको पिलुवाखोला हाइड्रोइलेक्ट्रिक आयोजना सञ्चालन गरिरहेको छ । यो आयोजना ०६८ साउनदेखि संचालनमा रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19