काठमाण्डौ । जेबिल्स फाइनान्सले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ । 

यो कम्पनीको पुस २८ गते सम्पन्न १६० औं बोर्ड बैठकले २०७४ असारसम्म कायम चुक्तापूँजीको १० प्रतिशत(२०७४ असार मसान्तसम्म कायम रहेको चुक्तापूँजीको १ बराबर १ अनुपातमा हकप्रद सेयर जारी गरी कायम हुन आउने रु.५७ करोड ७९ लाख १२ हजार ५ सय चुक्तापूँजीको ४० प्रतिशत हकप्रद सेयर तथा अबितरित हकप्रद सेयरको लिलामीबाट कायम हुने सेयर समेतलाई समायोजन गरेपछि कायम हुने चुक्तापूँजी ८० करोड ९० लाख ७७ हजार ५ सयको ३.५७ प्रतिशत)ले हुने रकम २ करोड ८८ लाख ९५ हजार बराबरको बोनस सेयर वितरणको घोषणा गरेको हो । 

कम्पनीले कर प्रयोजनका लागि १५ लाख २० हजार बराबरको नगद लाभांश समेत वितरण गर्नेछ। 

यो निर्णय नियामक नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।