काठमाण्डौ । जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । 
 

कम्पनीले १.०६५ अर्थात् चुक्तापूँजीको ६५ प्रतिशत हकप्रद सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएको हो । 

कम्पनीले २४ करोड १४ लाख १० हजार रुपैयाँबराबरको २४ लाख १४ हजार १०० कित्ता हकप्रद सेयर निष्कासनको तयारी गरेको हो । 

कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ ।