काठमाण्डौ । एकपछि अर्को गर्दै प्राथमिक बजारमा लगानीको अवसर बढ्दै गएको छ । यही क्रममा अर्को एक जलविद्युत आयोजनाले सर्वसाधारणका लागि आइपीओ जारी गर्ने भएको छ । 

जोशी हाइड्रोपावर डेभेलपमेन्ट कम्पनीले मंसिर १६ गतेदेखि १६ करोड ९० लाख ४७ हजार रुपैयाँ बराबरको आइपिओ  निश्कासन गर्न लागेको हो । 

आइपीओमा छिटोमा मंसिर १९ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । 
 
यो कम्पनीलाई धितोपत्र बोर्डले १५ दिनअघि सर्वसाधारणका लागि आइपीओ बिक्रीको अनुमति दिएको थियो । 

स्थानीय बासिन्दाले नकिनेको दुई लाख ४२ हजार १० कित्तासहित सर्वसाधारणहरुलाई छुट्याईएको १४ लाख ४८ हजार ४६० कित्तागरी कुल १६ लाख ९० हजार ४ सय ७० कित्ता निश्कासन हुन लागेको हो ।

यसअघि कम्पनीले जारी पूँजीको १० प्रतिशत सेयर आयोजना प्रभावितलाई निश्कासन गरेको थियो । 

यो कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । 

कम्पनीले इक्रा नेपालबाट इक्रा रेटिङ्ग ’इक्रा एनपि र्आइपिओ ग्रेड ५’ पाएको छ, यसको अर्थ यो कम्पनीको अवस्था निकै कमजोर छ भन्ने हो । अवस्था कमजोर भएकै कारण आयोजना प्रभावितले यो कम्पनीको सबै आइपीओ किनेका थिएनन्।

जोशी हाइड्रोपावरले इलामको पुवाखोलामा ३ मेगावाट क्षमताको जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।