काठमाण्डौ । विद्युत बिक्रीको आम्दानी बढे पनि जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासमा घाटा व्यहोरेको छ।
अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ३५ लाख ७१ हजार घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १ करोड ८४ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।
समीक्षा अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ३ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष विद्युत बिक्रीको आम्दानी १ करोड ६४ लाख रुपैयाँ आम्दानी गरेको थियो।
कम्पनीको प्रशासनिक खर्च १५ लाख ७८ हजार रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यस्तो खर्च १६ लाख ५७ हजार रुपैयाँ रहेको थियो।
कम्पनीको रिटेन्ड अर्निङ ५ करोड ७३ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष रिटेन्ड अर्निङ ५ करोड ३७ लाख रुपैयाँले ऋणात्मक थियो।
कम्पनीको प्रतिसेयर आम्दानी ०.९६ रुपैयाँले ऋणात्मक छ। प्रतिसेयर नेटवर्थ भने ८४.५७ रुपैयाँ रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19