काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्सको नाफा घटेको छ । चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा कम्पनीको नाफामा १९.४९ प्रतिशतको गिरावट आएको हो । 

गत वर्षको दोश्रो त्रैमासमा यो कम्पनीको खूद नाफा ८ करोड २ लाख रहेकोमा घटेर यो वर्षको तेश्रो त्रैमासमा ६ करोड ४६ लाखमा सीमित बनेको हो । 

समीक्षा अवधिमा यो कम्पनीले प्रिमियबाट १० करोड ९० लाख आम्दानी गरेको छ । यस्तो आम्दानी गत वर्षको दोश्रो त्रैमासमा २ करोड ९२ लाख मात्र थियो ।

कम्पनीमा हाल ९ करोड ८० लाखको जीवन बिमा कोष रहेको छ । कम्पनीको हालको चुक्तापूँजी १ अर्ब ५४ करोड तथा जगेडामा ७ करोड ४२ लाख रुपैयाँ रहेको छ । 

कम्पनीको प्रतिसेयर आम्दानी ४.२० रुपैयाँ तथा प्रतिसेयर नेटवर्थ १११.१९ रुपैयाँ कायम भएको छ ।