काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड भोलि शुक्रबार हुने भएको छ।
आईपीओ बाँडफाँड शुक्रबार मध्याह्न साढे १२ बजे काठमाण्डौको नक्सालस्थित नागपोखरीमा रहेको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा हुनेछ।
कम्पनीले गत फागुन २१ गतेदेखि १०० रुपैयाँ अंकित दरका कुल ६६ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। कुल कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत सामूहिक लागनी कोषहरुका लागि सुरक्षित गरिएको छ। बाँकी ५९ लाख ४० हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिएको छ।
यो कम्पनीको आईपीओमा हालसम्मकै बढी आवेदन परेको छ। क्यापिटलका अनुसार १८ लाख ४२ हजार बढी आवेदकबाट पौने ४ करोड बढी कित्ताका लागि आवेदन परेको छ।
यो तथ्यांकअनुसार ज्योति लाइफको आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसअनुसार भाग्यमानी ५ लाख ९४ हजार आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19