काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ आज शुक्रबार बाँडफाँड हुने भएको छ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा एक कार्यक्रमबीच आईपीओ बाँडफाँड हुनेछ। बाँडफाँड कार्यक्रममा मध्याह्न साढे १२ बजे राखिएको छ। 

कम्पनीले गत फागुन २१ गतेदेखि १०० रुपैयाँ अंकित दरका कुल ६६ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। कुल कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत सामूहिक लागनी कोषहरुका लागि सुरक्षित गरिएको छ। बाँकी ५९ लाख ४० हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिएको छ। 

यो कम्पनीको आईपीओमा हालसम्मकै बढी आवेदन परेको छ। सीडीएससीका अनुसार कुल १८ लाख ४ हजार ६४८ आवेदकबाट ३ करोड ८० लाख ५७ हजार ७१० कित्ताका लागि आवेदन परेको छ। 

यो तथ्यांकअनुसार ज्योति लाइफको आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसअनुसार भाग्यमानी ५ लाख ९४ हजार आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन् भने बाँकी १२ दाख १० हजार ६४८ आवेदकको हात खालि हुनेछ।