 
                     
                                
                             
                                    काठमाण्डौ । ज्योति विकास बैंकको १ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने आज (असार ३० गते) अन्तिम दिन रहेको छ।
गत असार २० गतेबाट जारी गरिएको ‘ज्योति विकास बैंक बन्ड–२०८७’ नामक ऋणपत्रको निष्कासन छिटोमा असार २३ गते र ढिलोमा साउन ३ गते बैंकिङ बन्द हुने भएको थियो। तर असार २३ गतेसम्म मागबमोजिम आवेदन नपरेकै कारण यो ऋणपत्रमा आवेदन दिने म्याद लम्बाइएको थियो। धितोपत्र बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले एक सूचना प्रकाशित गरी यो ऋणपत्रमा आज असार ३० गते बैंकिङ समयपछि निष्कासन बन्द गरिने जनाएको हो।
बैंकले १ हजार अंकित दरका कुल १५ लाख इकाइ भएको ऋणपत्र निष्कासन गरेको छ। यो ऋणपत्रको कुल इकाइमध्ये ९ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी ६ लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गरिएको छ।
सर्वसाधारणका लागि निष्कासन गरिएको कुल ६ लाख इकाइमध्ये पनि ५ प्रतिशतले हुने ३० हजार इकाइ सामूहिक कोषहरुका लागि छुट्याइएको छ। बाँकी ५ लाख ७० हजार इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले न्यूनतम २५ इकाइदेखि अधिकतममा ३० हजार इकाइसम्म खरिदका लागि आवेदन दिन सक्नेछन्। यो ऋणपत्रमा नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरुमार्फत आवेदन दिन सकिनेछ।
१० वर्षे यो ऋणपत्रलाई नेपाल धितोपत्र बोर्डले गत जेठ २७ गते निष्कासन अनुमति दिएको थियो। यो ऋणपत्रमा लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याज पाउनेछन्। ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19