काठमाण्डौ । ज्योति विकास बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ।

बैंकको ‘९ प्रतिशत ज्योति विकास बैंक बन्ड २०८७’ नेप्सेमा सूचीकृत भएको हो। यो ऋणपत्रको १ हजार रुपैयाँ अंकित दरका कुल १५ लाख इकाइ सूचीकृत भएको छ। 

यो ऋणपत्रमा लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याज पाउँछन्। ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ। 

यो ऋणपत्र २०८७ सालमा परिपक्व हुनेछ।