 
                     
                                
                             
                                    काठमाण्डौ । ज्योति विकास बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ।
बैंकले केही संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखेको हो। ती सेयरधनीहरुले सेयर बेच्न चाहेकोले बैंक सञ्चालक समितिको निर्णयमा संस्थापक सेयर बिक्रीमा राखिएको छ।
बिक्रीमा संस्थापक सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले ३५ दिनभित्र काठमाण्डौको कमलपोखरीस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिर्नुपर्ने बैंकद्वारा आज जारी सूचनामा उल्लेख छ।
तोकिएको समयभित्र कुनै निवेदन नआएको खण्डमा प्रचलित कानुनबमोजिम अन्य व्यक्ति तथा संघसंस्थालाई संस्थापक सेयर बिक्री गरिने बैंकले जनाएको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19