काठमाण्डौ । ज्योति विकास बैंकले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ। 

बैंकले केही संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा राखेको हो। बिक्रीमा राखिएको सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले नै खरिद आवेदन दिन पाउनेछन्।

इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र उक्त सेयर खरिदका लागि आवेदन दिन पाउने बैंकले जनाएको छ। इच्छुक संस्थापक सेयरधनीले सेयर खरिद चाहेको कित्ता र दरसहित काठमाण्डौको कमलपोखरीस्थित बैंकको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न सक्नेछन्।

तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा प्रचलित कानुनबमोजिम उक्त सेयर अन्य सर्वसाधारण तथा संघसंस्थाका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ।