काठमाण्डौ । ज्योति विकास बैंकको १ लाख ६८ हजार बढी कित्ता सेयर आज असार १० गतेबाट बिक्रीमा राखिएको छ। 

बैंकको संस्थापक समूहको १ लाख ६८ हजार ४९६ कित्ता सेयर बिक्रीमा राखिएको छ। यो सेयरमा विद्यमान संस्थापक र अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन पेस गर्न सक्नेछन्। 

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२६ तोकिएको छ। यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

लगानीकर्ताले न्यूनतम १ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। 

लगानीकर्ता खरिद आवेदन काठमाण्डौको लाजिम्पाटस्थित बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालय पेस गर्नुपर्नेछ। खरिद आवेदन दिन अन्तिम मिति असार १७ गते तोकिएको छ।