काठमाण्डौ । झन्डै ९ महिनापछि नेपाल धितोपत्र बोर्ड (सेबोन) म्युचुअल फन्ड निष्कासनको अनुमति दिएको छ।
सेबोनले गत वैशाख २२ गते ‘कुमारी धनवृद्धि योजना’ नामक म्युचुअल फन्ड निष्कासनको अनुमति दिएको हो।
यसअघि सेबोनले गत वर्ष साउन २९ गते नबिल ब्यालेन्स फन्ड–३ लाई निष्कासनको अनुमति दिएको थियो। त्यसयता निष्कासनको अनुमति पाउने ‘कुमारी धनवृद्धि योजना’ पहिलो म्युचुअल फन्ड हो।
लामो समयदेखि सेबोनको अध्यक्ष पद रिक्त रहँदा म्युचुअल फन्डसँगै आईपीओ, हकप्रद र ऋणपत्र निष्कासनको अनुमति पाउन सकेका थिएनन्। गत माघ ९ गतेबाट भने सेबोनले आईपीओ निष्कासनलाई अनुमति दिन सुरु गरेको थियो। त्यसपछि सेबोनले हकप्रद र ऋणपत्रहरुलाई निष्कासनको अनुमति दिन सुरु गरेको थियो। तर म्युचुअल फन्डहरुले निष्कासनको अनुमति पाउन सकेका थिएनन्।
सेबोनबाट निष्कासनको अनुमति पाएको ‘कुमारी धनवृद्धि योजना’ एउटा बन्दमुखी म्युचुअल फन्ड हो। यो फन्डको योजना व्यवस्थापकमा कुमारी क्यापिटल लिमिटेड र कोष प्रवर्द्धक कुमारी बैंक रहेका छन्।
अब कुमारी क्यापिटलले यो म्युचुअल फन्डका १० रुपैयाँ अंकित दरका कुल १२ करोड इकाइ बिक्री खुलाउनेछ।
यो म्युचुअल फन्ड निष्कासनका लागि क्यापिटलले गत वर्ष जेठ १० गते सेबोनमा अनुमति माग्दै निवेदन दिएको थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago