काठमाण्डौ। झापामा ८ सहित थप ९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

झापाको कचनाकवल गाउँपालिकाको लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा रहेका ८ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। उनीहरु क्रमशः १७, १८, १८, २०, २०, २३, ५२ र ५५ वर्षका छन्।

यसैगरी रुपन्देहीका २७ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ। यीसँगै कुल संक्रमितको संख्या ४५३ पुगेको छ।

संक्रमितमध्ये ३८३ जना पुरुष र ७० जना महिला रहेका छन्। तीमध्ये सिन्धुपाल्चोककी एक महिला, बाँके र गुल्मीका दुई पुरुष गरी तीनजनाको निधन भइसकेको छ ४९ जना उपचारपछि ठिक भएका छन्।