काठमाण्डौ । झापाको चन्द्रगढीका लागि उडेको बुद्ध एयरको जहाज प्राविधिक समस्या देखिएपछि काठमाण्डौ फर्काइएको छ। 

काठमाण्डौको चन्द्रगढीका लागि उडेको बुद्धको जहाजमा इन्डिकेसनको समस्या देखिएपछि १५ मिनेटमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काइएको हो। उक्त जहाज दिउँसो १ः५३ बजे काठमाण्डौबाट उडेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ। 

अहिले प्राविधिकहरुले जहाजमा देखिएको प्राविधिक समस्याको अध्ययन गरिरहेको कार्यालयले जनाएको छ। हाल जहाजलाई चेकजाँचका लागि ग्राउन्डेड गरिएको छ। 

यात्रुहरुलाई अर्को जहाजबाट झापा पठाउने तयारी गरिएको विमानस्थल कार्यालयले जनाएको छ।