काठमाण्डौ । ह्वाट्सएप अधिकतर सञ्चारका लागि प्रयोग गरिन्छ। अहिले ह्वाट्सएपका कारण एक विद्यार्थीको ज्यान बचाउने घटना सार्वजनिक भएको छ। 

हालै टर्कीमा गएको भूकम्पका कारण ठूलो जनधनको क्षति भएको छ। भूकम्पपछि भग्नावशेषमा पुरिएका एक विद्यार्थीको ज्यान ह्वाट्सएपका कारण बचेको हो। 

एक रिपोर्टका अनुसार पूर्वी टर्कीमा बोरान कुबात नामक एक विद्यार्थी भवनको भग्नावशेषमुनि दबिएका थिए। त्यसपछि उनले ह्वाट्सएपको मद्दत लिएर बचाउनका लागि अपिल गर्दै स्टेटस लेख्दै भिडियो बनाए। यससँगै उनले आफ्नो लोकेसन पनि सेअर गरे। 

पहिलो झट्काबाट विद्यार्थी र उनकी आमा बाँचे। तर, उनीहरु आफ्नो भवनमा जाँदै गर्दा दोस्रो धक्काले भवन भत्कियो। तर, भग्नावशेषमा पुरिएका कारण उनको ज्यान जोगियो। त्यसपछि बोरान कुबतले भग्नावशेषबाट आएको भिडियो सन्देश ह्वाट्सएपमा रेकर्ड गरी स्टेटसमा राखेर कनेक्टमा रहेकाहरुलाई सेअर गरे।

ती छात्रले स्टेटसमा लेखेका थिए, ‘जसलाई यो म्यासेज आउँछ, कृपया मलाई मद्दत गर्नुहोस्।’

अनाडोलु एजेन्सीले यो भिडियोका कारण उद्धार टोलीलाई उनलाई खोज्न सजिलो भएको र उनको ज्यान बचेको जनाएको छ। भग्नावशेषमा फसेपछि आफूले ह्वाट्सएप स्टेटसमार्फत आफ्नो र आमाको ज्यान जोगाउन अपिल गर्न सक्ने सम्झना आएको विद्यार्थीले बताए।

उनले ह्वाट्सएपमा आफ्नो लोकेसन पनि सेअर गरेका थिए। यसले उद्धार टोलीलाई उनलाई र उनको आमालाई फेला पार्न धेरै मद्दत गर्यो। तर, परिवारका अन्य सदस्य पनि भग्नावशेषमुनि दबिएकाले उद्धार टोली निरन्तर लागिरहेको उनले बताए।

टर्कीमा हालै आएको भूकम्पका कारण ठूलो जनधनको क्षति भएको छ। यसबाट हजारौँ मानिसले ज्यान गुमाएका छन्। धेरै देशले टर्कीलाई सहयोग गर्ने घोषणा गर्दै आफ्नो टोली त्यहाँ पठाएका छन्।