काठमाण्डौ । टर्नओभरको दरिलो साथ पाइरहेको बजारले बुधबार शानदार ढंगले बुर्कुसी मारेको छ । नेप्से परिसूचकमा ३.२८ प्रतिशत अर्थात ४१.८३ अंकको उच्च वृद्धि भएको छ भने कारोबार रकम पनि ५२ करोड माथि पुुगेको छ । 

बजार परिसूचकसँगै कारोबार रकममा पनि यसरी सुधार हुनुलाई आगामी दिनमा बजार केही माथि जानसक्ने संकेतको रुपमा बुुझ्नुुपर्छ । 

विगत केही दिनदेखि बजारमा पहिरो गइरहेको थियो । तर यो अवधिमा सूचक घटे पनि कारोबार(टर्नओभर)ले बजारलाई दह्रो साथ दिएको थियो । टर्नओभरले बजारको साथ नछाडेसम्म बजारमा बाउन्स ब्याक हुने प्रवल संभावना हुन्छ । यही कुरा पुष्टि गर्दै बजारले शानदार ढंगले बुर्कुसी मारेको हो । 

१३ सय मुनि रहेको नेप्से परिसूचक बुधबारको उछालका कारण १३१६.८० को उचाईमा उक्लिएको छ । क वर्गका कम्पनीको कारोबारमा लगानीकर्ताको आकर्षण बढेका कारण सेन्सेटिभ इण्डेक्समा ९.२ को उच्च सुधार देखिएको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्स ३.१८ अंकले बढेको छ । 

धेरै कारोबार गर्ने कम्पनी
बुधबार १ सय ४१ कम्पनीका १६ लाख १३ हजार ६ सय २९ कित्ता सेयर ५२ करोड २ लाखमा किनबेच भयो । सबैभन्दा बढी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडको ५ करोड ८७ लाख बढीको सेयर किनबेच भयो । प्रभूू बैंकले २ करोड ३३ लाखको कारोबार गर्यो भने बैंक अफ काठमाण्डूू लुम्बिनी लिमीटेडले २ करोड ४ लाखले कारोबार गर्यो । एनबी बैंकले १ करोड ८९ लाख, एशियन लाइफ इन्स्योरेन्सले १ करोड ७५ लाख, नेपाल लाइफले १ करोड ६७ लाखको कारोबार गर्यो । बुधबार धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ७ स्थानमा वाणिज्य बैंक र बाँकी ३ स्थानमा बिमा कम्पनीको बर्चश्व रह्यो । 

धेरै कमाउने र गुमाउने कम्पनी
बुधबार तीन कम्पनीले १० प्रतिशत र बाँकी १० कम्पनीले १० प्रतिशतको हाराहारीमा सम्पत्ति कमाए । एशियन लाइफ इन्स्योरेन्स, सानिमा माई हाइड्रो पावर र नेको इन्स्योरेन्सले १० प्रतिशतले सम्पत्ति बढाए । यस्तै, सगरमाथा इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, भागर्व विकास बैंक, यूनाइटेड इन्स्योरेन्स, प्रभूू इन्स्योरेन्स, सूूर्य लाइफ इन्स्योरेन्स, पोखरा फाइनान्स, प्राइम लाइफ इन्स्योरेन्स र एनबी इन्स्योरेन्सको सेयर मूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । 

बुधबार दिव्यश्वरी हाइड्रोको सेयर मूल्यमा १० प्रतिशतको हाराहारीमा गिरावट भयो । सिर्जना फाइनान्स बित्तीय संस्थाको मूूल्यमा ५.५५ प्रतिशत गिरावट भयो ।