काठमाण्डौ । सामाजिक भिडियो प्लेटफर्म टिकटकले आफ्नो नयाँ हेडक्वार्टर बेलायतको राजधानी लण्डनमा राख्नसक्ने जनाइएको छ । यस सम्बन्धमा टिकटकको बेलायत सरकारसँग छलफल भइरहेको छ।
समाचार एजेन्सी रोयटर्सको रिपोर्टका अनुुसार चीनसँगको सम्बन्ध तोड्नका लागि टिकटकले यस्तो कदम उठाउन लागेको हो । चीनसँग सम्बन्ध भएकै कारण टिकटकले भारत लगायत अन्य देशहरुमा प्रतिबन्धको सामना गरिरहनुु परेको छ ।
प्रतिबन्धहरुसँग जुुध्नका लागि टिकटकले आफ्नो हेडक्वार्टर लण्डनमा राख्ने चाहेको बताइएको छ । रिपोर्टकाअनुुसार नयाँ हेडक्वार्टर स्थापना गर्नका लागि कम्पनीले लण्डन लगायत अन्य शहरहरुको बारेमा समेत विचार गरिरहेको छ । तथापि अहिलेसम्म कुुनै पनि शहरको नाम निश्चित भइसकेको छैन । यससँगै टिकटकले यो वर्ष अमेरिकाको क्यालिफोर्नियामा कर्मचारी हायरिङलाई तीव्रता दिएको छ । यसमा वाल्ट डिज्नीका पूर्व उपप्रमुुख पाउचिङ केविन मेयरको नाम पनि समावेश छ ।
केभिनलाई टिकटकको कार्यकारी प्रमुुखको जिम्मेवारी दिइएको छ । चीनसँग सम्बन्ध भएका कारण टिकटकले अमेरिकामा कडा छानबिनको सामना गरिरहनुु परेको छ । चीनले टिकटकलाई प्रयोगकर्ताको डेटा सेयर गर्न दवाब दिनसक्ने भन्दै अमेरिकाले आशंका जनाएको छ । टिकटकमा चीनको बाइटडान्स कम्पनीको स्वामित्व रहेको छ ।
-एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago