काठमाण्डौ । पुँजीगत लाभकरका विषयमा आन्दोलित भएका सेयर लगानीकर्ताहरुले टीएमएस बन्द गरी आन्दोलनमा सहयोगी हुन आह्वान गरेका छन्। 

काठमाण्डौको कमलपोखरीमा आज भएको लगानीकर्ताहरुको भेलाले यस्तो आह्वान गरेको हो। उनीहरुले नेपाल धितोपत्र बोर्ड (सेबोन), नेपाल स्टक एक्सचेन्ज (नेप्से) र स्टक ब्रोकर्स एसोसिएन अफ नेपाललाई पत्र लेख्दै टीएमएस बन्द गरी आन्दोलनमा सहयोगी हुन आह्वान गरेका छन्। 

भेलाले पुँजीबजार मारा कर नीति खारेज गरी पुँजीबजारमा अल्पकालीन र दीर्घकालीन दुई तहको मात्र लाभकर व्यवस्था भई सबै व्यक्तिगत लगानीकर्ताका लागि अन्तिम घोषणा हुनुपर्ने माग अघि सारेको छ। 

भेलाले बजारविरोध र भुतग्राही, पश्चागामी कर नीति खारेज गर्नुपर्ने माग पनि अघि सारेको छ। 

भेलामा सहभागी सांसद एवं सेयर लगानीकर्ता हरि ढकालले आफू २०७५ को अवस्थामा नै लगानीकर्ताको पक्षमा रहेको बताए। ‘लगानीकर्ताका अहिलेका मागका विषयमा अर्थमन्त्रीलाई भेटेर अवगत गराउनेछु, संसदमा आवाज उठाउनेछु’, उनले भने।

आफू ५४ लाख लगानीकर्ताको पक्षमा रहेको ढकालले बताए।