काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले कोरोनाभाइरसको संक्रमणबाट बच्नका लागि मलेरियामा प्रयोग गरिने हाइड्रोक्सिक्लोरोक्विन औषधि सेवन गरिरहेको सार्वजनिक अभिव्यक्ति नै दिएका थिए। तर विज्ञानको शोध पत्रिका ल्यान्सेटले आफ्नो अध्ययनमा कोरोनाभाइरस संक्रमितको उपचार हाइड्रोक्सिक्लोरोक्विन औषधि प्रयोग गर्दा बिरामीको ज्यान जाने सम्भावना बढी रहेको देखाएको छ।
ल्यान्सेटको अध्ययनले मलेरियाको यो औषधि कोरोना संक्रमितको उपचारका लागि कुनै पनि हिसाबले लाभदायक नभएको देखाएको छ। राष्ट्रपति ट्रम्पले सार्वजनिक रुपमा आफूले उक्त औषधि सेवन गरेको अभिव्यक्ति दिए पनि स्वास्थ्य अधिकारीहरुले यसले हृदयघातको समस्या बढाउन सक्ने चेतावनी दिँदै आएका छन्।
राष्ट्रपति ट्रम्पले भने स्वास्थ्य अधिकारीहरुको चेतावनीलाई बेवास्ता गर्दै उक्त औषधि सेवन गरिरहेका छन्। उक्त औषधि मलेरियाका बिरामीका लागि सुरक्षित हुनुका साथै लुपस वा आथ्र्राइटिसमा पनि लाभदायक देखिएको छ। तर कोरोना संक्रमितमा उपचारमा यो औषधिलाई कुनै पनि क्लिनिकल ट्रायलमा प्रयोग गर्न सिफरिस गरिएको छ।
ल्यासेन्टले आफ्नो अध्ययनमा करिब ९६ हजार बिरामीलाई समावेश गरेको थियो। जसमा १५ हजारलाई हाइड्रोक्सिक्लोरोक्विन वा क्लोरोक्विन औषधि दिइयो। यो औषधि या त कुनै एन्टीबायोटिकका साथ दिइएको थियो वा केवल यही औषधिमात्र।
यो अध्ययनबाट पत्ता लाग्यो कि कोरोना संक्रमित अन्य बिरामीको तुलनामा यो औषधि सेवन गरेका कोरोना संक्रमित बिरामी बढी जोखिममा छन्। अध्ययनले यदि नियमित रुपमा यो औषधि सेवन गर्न दिइएमा बिरामीको मृत्युसम्म हुन सक्ने वा हृदयघातको प्रबल सम्भावना रहेको देखाएको छ।
जसलाई हाइड्रोक्सिक्लोरोक्विन औषधि खान दिइयो त्यहाँ मृत्युदर १८ प्रतिशत, क्लोरोक्विन औषधि सेवन गर्नेहरुमा मृत्युदर १६.४ प्रतिशत र यी दुवै औषधि सेवन नगर्नेमा मृत्युद ९ प्रतिशत रहेको अध्ययनले देखाएको छ।
अध्ययनकर्ताले हाइड्रोक्सिक्लोरोक्विन औषधि कोरोना संक्रमित बिरामीलाई सेवन गर्न दिन घातक हुन सक्ने चेतावनी दिएका छन्। उता ट्रम्पले भने आफूले उक्त औषधि सेवन गरेकै कारण कोरोना परीक्षण नेगेटिभ आएको दाबी गर्दै आइरहेका छन्। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19