काठमाण्डौ । नेप्से परिसूचक बुधबार पनि घटेको छ । विगत केही दिनदेखिको सुस्तीबाट आक्रान्त बजारले राहातको श्वास फेर्न अझै सकेको छैन ।
ठूला र संस्थागत लगानीकर्ता भएको सेयर बेचेर बजारको लगानीलाई अन्यत्रै डाइभर्ट गरिरहेका छन् । बजारमै निर्भर लगानीकर्ता समेत कमजोर मनोबलसहित सेयर किनबेचको निर्णय गरिरहेका छन् ।
ठूला लगानीकर्तामा बजारप्रति बढ्दो अविश्वास र सानामा गिर्दो मनोबलले सेयर बजार दिनहुँ कमजोर बन्दै गएको छ । यसैको प्रभाव दैनिकको बजारमा परिरहेको छ ।
बुधबार नेप्से परिसूचक ३.४६ अंकले घटेर ११६३.२१ को विन्दूमा सीमित बन्न पुगेको छ ।
राम्रा र बलिया कम्पनीको सेयरमा बिक्री चाप बढ्दा सेन्सेटिभ इण्डेक्स ०.७९ अंकले घटेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.२२ अंकको गिरावट आएको छ ।
यो दिन म्युचुअल फण्ड समूहमा ०.०२ को झिनो बढोत्तरी भए पनि बाँकी सबै समूहको सूचक रातो भएका छन् ।
बैंकिङ समूह १.७५ अंकले घटिरहेको छ भने विकास बैंक समूहमा ४.७८ अंक, वित्त समूहमा ०.३२ अंक, होटल समूहमा ३४.८४ अंक, माइक्रोफाइनान्स समूहमा ५.८१ अंक, जीवन बिमा समूहमा ३१.४७ अंक, निर्जीवन बिमा समूहमा ४९.०३ अंक, जलविद्युत समूहमा २.५९ अंक, उत्पादन तथा प्रशोधन समूहमा ८.६६ अंक र अन्य समूहमा ०.३२ अंकको गिरावट आएको छ ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १७१ कम्पनीका १५ लाख ३ हजार ९२८ कित्ता सेयर ३४ करोड १७ लाख ४५ हजार १३६ रुपैयाँमा किनबेच भएको छ ।
सबैभन्दा बढी सोल्टी होटलले ४ करोड ५५ लाख बढीको कारोबार गरेको छ ।
लक्ष्मी बैंकको १ करोड ९० लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा छिमेक लघुवित्तले १ करोड ४२ लाख, नेपाल बैंकले १ करोड ३७ लाख, नेपाल लाइफ इन्स्योरेन्सले १ करोड २९ लाख, प्रभू बैंकले १ करोड २० लाख, साना किसान विकास बैंकले १ करोड १६ लाख, एनआइसी एशिया बैंकले ९८ लाख, कृषि विकास बैंकले ९२ लाख र एनसीसी बैंकले ८० लाख बढीको कारोबार गरेका छन् ।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन घलेम्दी हाइड्रोपावर र अरुण भ्याली हाइड्रोपावरका लगानीकर्ताले धेरै कमाए । घलेम्दीको सेयर मूल्यमा ४.४१ प्रतिशत र अरुण भ्यालीको ४.०४ प्रतिशतले बढेको छ ।
नवील इक्वीटी फण्डका इकाईधनीले धेरै गुमाए । यो स्किमको इकाई मूल्यमा ७ प्रतिशतको हाराहारीमा गिरावट आयो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19