Ncell
काठमाण्डौ । एनसेलले ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रूपैयाँ कर सात दिनभित्र तिर्नुपर्ने भएको छ।
ठूला करदाता कार्यालयले एनसेल कम्पनीले तिर्नु पर्ने पुँजीगत लाभकर ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रूपैयाँ निर्धारण गरेसँगै ७ दिनभित्र कर जम्मा गर्न भनेको हो ।
टेलियासोनेरा कम्पनीले मलेसियाको एजियाटा कम्पनीलाई एनसेलको ८० प्रतिशत सेयर स्वामित्व बेच्दा प्राप्त हुने लाभकर एनसेल र एजियाटाले तिर्नुपर्ने सर्वोच्च अदालतले फैसला सुनाएको थियो । माघ तेश्रो साता भएको यो फैसलाको पूर्ण पाठ आएसँगै ठूला करदाता कार्यालयले उसले तिर्नुपर्ने कर, विलम्ब शुल्क लगायत एकमुष्ट रकमको आकार तय गरेको हो ।
सर्वोच्चको फैसलामा ठूला करदाता कार्यालयले टेलियासोनेराले दूरसंचार प्रदायक एनसेल एक्जियटालाई बेच्दा १ खर्ब ४३ अर्ब ६५ करोड ३७ लाख ६ हजार पुँजीगत लाभ भएको थियो। त्यसमा तिर्नुपर्ने कर ६० अर्ब ७१ करोड २४ लाख ९६ हजार ९७ रूपैयाँ निर्धारण गरिएको थियो ।
करदाता कार्यालयस्थित स्रोतका अनुसार त्यसमध्ये एनसेलले २१ अर्ब ५४ करोड ८० लाख ५५ हजार ९ सय रूपैयाँ अग्रिम रूपमा तिरिसकेको छ ।
उसले विलम्ब शुल्कबापत् २ अर्ब २६ करोड २३ लाख ४ हजार ८ सय ५१ रूपैयाँ तिरेको छ ।
अब ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रूपैयाँ तिरेपछि मात्र एनसेलको विगतको कर दायीत्व सकिन्छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago