काठमाण्डौ । सोमबार पनि बजार घटेको छ । नेप्से परिसूचक ३.५१ अंकले घटी १५३६.७२ विन्दूमा झरेको छ । नेप्से परिसूचक घटेसँगै कारोबार रकम पनि घटेको छ । बजार परिसूचक र कारोबार रकम समानान्तर ढंगले घट्नुु बजारको भविष्यका लागि राम्रो संकेत होइन । परिसूचक र रकम समान्तार ढंगले घट्दै गयो भने बजारमा गिरावट यात्रा अझ तीव्र बन्ने आँकलन गर्ने गरिन्छ ।
बजारका लागि सकारात्मक अवस्था र परिस्थिति बनिरहँदा समेत बिना ठूला कारण बजार घट्दै जानुुलाई कतिपयले भने अनौठो रुपमा लिएका छन् । अहिले बजारमा सेयरको अधिक आपूर्ति बाहेक घट्न दवाब दिने कुनै कारण नै छैन । तरलताको अवस्था निकै सहज छ भने राजनीतिक वातावरण संग्लदो छ । लाभांश घोषणा र त्यसलाई पारित गराउन साधारणसभा आह्वानको पनि उस्तै चटारो छ । धितोपत्र बोर्डले बजार बिस्तारका लागि एकपछि अर्को सहज नीति तथा व्यवस्था ल्याइरहेको छ, तर यी सबै प्रयास र परिस्थितिको प्रभाव शून्य झै छ । ठूला लगानीकर्ताले ‘पर्ख र हेर’को अवस्थामा बसिदिंदा र कतिपय समूहले बजार घटाउने खेललाई जारी राख्दा बढ्नुुपर्ने समयमा बजार घटिरहेको विश्लेषक बताउँछन् ।
सोमबारको बजारमा जलविद्युत बाहेक सबै समूहको सूचकमा रातो पोतियो । जलविद्युत समूह ७.६१ अंकले बढ्यो । बैकिंग समूह १.३६, टेडिंग समूह ५.९१, होटल समूह २.१२, विकास बैंक समूह १२.८३, बित्त समूह २.३२, बिमा समूह ३१.७८, उत्पादनमूलक समूह ९ र अन्य समूह २.८९ अंकले घटेका छन् ।
‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ०.७६ अंकले घटेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.२ अंकको गिरावट देखिएको छ ।
धेरै कारोबार गर्ने कम्पनी
सोमबार बजारमा १ सय ५६ कम्पनीका १९ लाख ५१ ह्जार ३ सय ८० कित्ता सेयर ४४ करोड ८३ लाख ३१ ह्जार ३ सय ७९ रुपैयाँमा किनबेच भयो । यो दिन सबैभन्दा बढी ज्योति विकास बैंकको २ करोड ४८ लाख बढीको संस्थापक सेयर किनबेच भयो । यस्तै, बुटवल पावर कम्पनी लिमीटेडले १ करोड ८९ लाख, नेपाल लाइफले १ करोड ८२ लाख, स्ट्याण्डर्ड चार्टर्डले १ करोड ४२ लाख, निर्धन उत्थान बैंकले १ करोड ३८ लाख, नेपाल टेलिकमले १ करोड ३७ लाख, फरवार्ड माइक्रोफाइनान्सले १ करोड २२ लाख, जनता बैंक नेपालले १ करोड २२ लाख बढीको कारोबार गरे ।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन मल्टीपर्पोज फाइनान्स कम्पनीले सबैभन्दा बढी कमायो । यो कम्पनीको सेयर मूल्य ९.८५ प्रतिशतले वृद्धि भयो । नवील इक्वीटी फण्डको मूल्यमा ४.१७ प्रतिशतले वृद्धि भयो ।
यो दिन सिभिल लघुवित्त बित्तीय संस्थाले सबैभन्दा धेरै गुमायो । यो कम्पनीको सेयर मूल्यमा ९.०९ प्रतिशतको पहिरो गयो । कर्णाली डेभलपमेन्ट बैंकको मूल्य ४ प्रतिशतको हाराहारीमा घट्यो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago