काठमाण्डौ । गत वर्ष बैंक अफ काठमाण्डू (बीओके) लाई गाभेर एकीकृत कारोबार शुरु गरेसँगै ग्लोबल आइएमई बैंक पूँजी, निक्षेप, कर्जा, शाखा सञ्जाल लगायतका आधारमा देशकै सबैभन्दा ठूलो बैंक बनेको छ । 
 

आकारको हिसाबले मात्र नभई यो बैंक प्रमुख वित्तीय सूचकमा समेत अरुभन्दा बलियो बन्दैछ । मर्जरपछि कतिपय बैंक तथा वित्तीय संस्था साइज मात्र ठूलो भएर भद्दा बनिरहेको बेला ग्लोबल आइएमई बैंकले भने साइजअनुसारका आफ्ना मुख्य वित्तीय सूचकहरु पनि समानान्तर ढंगले सुधार गर्दै लगेको छ ।  
 

मुलुकका सबै क्षेत्रमा सबै नागरिकलाई, सानोदेखि ठूलासम्म वित्तीय सेवा पुर्‍याउने गरी अघि बढिरहेको ग्लोबल आइएमई बैंकका उच्च अधिकारीहरु मुलुकको वित्तीय क्षेत्रमा रचनात्मक र गुणात्मक परिवर्तन ल्याउने लक्ष्य लिइएको बताउँछन् । 
 

ठूलो आकारको बैंक बनेसँगै ठूला पूर्वाधार निर्माणमा लगानी गर्न र यस्तो कठिनाई भोगिरहेका उद्योग व्यवसायीका लागि समेत यसले राहात दिएको छ । सबै क्षेत्र र समाजका ग्राहकहरुलाई उच्च स्तरको सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै बैंकले आम जनमानसमा “सबैका लागि बैंक” भन्ने दृष्टिकोणसहित बैंकिङ सेवा प्रबाह गरिरहेको छ  ।
ग्लोबल आइएमई बैंकले मुलुकको वित्तीय क्षेत्रमा समेत रचनात्मक र गुणात्मक परिवर्तन ल्याउनेगरी वृहत पूँजी वृद्धिको संकल्पसहित मर्जर नीतिलाई प्राथमिकता दिँदै आएको छ । जसका कारण हालसम्म २१ वटा बैंक तथा वित्तीय संस्था ग्लोबल आइएमई बैंकमा समाहित भइसकेका छन् ।
८% बजार हिस्सा 
नेपालको बैंक तथा वित्तीय संस्थामा ८ प्रतिशत बजार हिस्सा सहित नेपालको सबैभन्दा ठूलो बैंके ग्लोबल आइएमई बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा नाफा १ अर्ब २२ करोड ५७ लाख ५४ हजार रुपैयाँ पुगेको छ । जुन गत आवको अवधिमा बैंकको नाफा १ अर्ब १८ करोड ९५ लाख ४५ हजार रुपैयाँ थियो ।

 

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको ब्यवसाय विस्तार, ब्याज आम्दानी, सञ्चालन खर्च र खुद शुल्क तथा कसिसन आम्दानी वृद्धि भएको छ । 
साथै, सम्पूर्ण नागरिकलाई बैंकिङ पँहुच पु
र्‍याउन ग्लोबल आइएमई बैंकले १ हजार १०० भन्दा बढी देश तथा विदेशको सेवाकेन्द्रहरुबाट बैंकिङ सेवा प्रवाह गरिरहेको छ । 
 

चालू आवको पहिलो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा बैंकले खुद ब्याज आम्दानी ३ अर्ब २० करोड रुपैयाँ गरेको थियो । 
यस अवधिमा बैंकको संचालन आम्दानी पनि गत वर्षको तुलनमा ७८ करोड रुपैयाँले बढेको छ । गत वर्षको यही अवधिमा बैंकले ३ अर्ब १४ करोड सञ्चालन आम्दानी गरेकोमा चालू आवको समीक्षा अवधिमा ३ अर्ब ९ अर्ब ९२ करोड रुपैयाँ गरेको छ ।

 

असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा ९ रुपैयाँ ९६ पैसा छ ।
३५ अर्ब ७७ करोड १० लाख रुपैयाँ चुक्तापूँजी रहेको यस बैंकको जगेडा कोषमा २४ अर्ब ४३ करोड रुपैयाँ सञ्चित छ । पछिल्लो तीन महिनामा बैंकको निक्षेप ३.९१ प्रतिशत बढेको छ भने कर्जा ०.२७ प्रतिशतले वृद्धि भएको छ । 
सबैभन्दा धेरै कर तिर्ने बैंक
ग्लोबल आईएमई बैंकले नेपालको बैंकिङ इतिहासमै सबैभन्दा धेरै कर तिर्ने बैंक बनेर गत वर्ष इतिहास रचेको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब २० करोड रुपैयाँ कर दाखिला गरी नेपाल सरकारबाट सबैभन्दा बढी कर दाखिला गर्ने वाणिज्य बैंकको रुपमा सम्मानित भएको हो । 

 

हाल बैंकको कुल पूँजी ५८ अर्ब ६८ करोड रुपैयाँ छ भने चुक्ता पुँजी ३६ अर्ब १२ करोड रुपैयाँ छ । बैंकले गत आर्थिक वर्षमा सात अर्ब २५ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।
 

हाल बैंकले देशका ७७ वटै जिल्लामा शाखा रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंकका रूपमा ३ सय ५५ शाखा, ३७९ एटीएम, ३२२ शाखारहित बैंकिङ इकाइ, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरका साथै बेलायतको लन्डन, भारतको नयाँदिल्ली र अस्ट्रेलियाको सिड्नीमा गरी तीनवटा वैदेशिक सम्पर्क कार्यालय समेत सञ्चालित छन् । 

१२ वर्षमा सेयरधनीले कति रिटर्न पाए ?
चुक्तापूँजीको आधारमा सबैभन्दा अब्बल बनेको यस बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ९ प्रतिशत लाभांश वितरण गरेको छ । बैंकले यस वर्ष १ प्रतिशत बोनस र कर प्रयोजनसहित ८ प्रतिशत नगद लाभांश दिएको हो । 

 

बैंकले १२ वर्षको अवधिमा सबैभन्दा धेरै लाभांश आर्थिक वर्ष २०७५/७६ मा वितरण गरेको थियो । सो वर्ष बैंकले आफ्ना लगानीकर्तालाई २५.५० प्रतिशत लाभांश बाँडेको थियो । 
 

हरेक वर्ष बोनस सेयरमा जोड दिंदै आएको बैंकले सोही वर्ष सबैभन्दा धेरै नगद लाभांश पनि वितरण गरेको थियो ।  आर्थिक वर्ष २०७५/७६ मा बैंकले १२.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १२.७५ प्रतिशत नै नगद लाभांश वितरण गरेको थियो ।
 

यस्तै, बैंकले आर्थिक वर्ष २०६८/७९ मा ३ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद(कर प्रयोजनसहित) लाभांश वितरण गरेको थियो । 
 

२०६९/७० मा बैंकले लगानीकर्तालाई १५ प्रतिशत बोनस सेयर मात्रै दिएको थियो भने आव २०७०/७१ मा पनि आफ्ना लगानीकर्तालाई २५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस आर्थिक वर्ष बैंकले २१ प्रतिशत बोनस र कर प्रयोजनका लागि ४ प्रतिशत नगद लाभांश वितरण गर्यो । बैंकले आर्थिक वर्ष २०७१/७२ मा लगानीकर्तालाई बोनस शेयरमात्र वितरण गरेको थियो ।

यस आर्थिक वर्षमा बैंकले आफ्ना लगानीकर्तालाई २३ प्रतिशत लाभांश वितरण गरेको थियो । आव २०७२/७३ मा बैंकले १६ प्रतिशत बोनस सेयर मात्रै दिएको थियो ।
बैंकले आर्थिक वर्ष २०७३/७४ मा लगानीकर्तालाई १० प्रतिशत नगद र १० प्रतिशत बोनस वितरण गरेको थियो । 
बैंकले आर्थिक वर्ष २०७४/७५ मा पनि लगानीकर्तालाई १६ प्रतिशतको दरले लाभांश वितरण गरेको छ । आर्थिक वर्ष २०७६/७७ मा १४ प्रतिशत बोनस
सेयर र कर प्रयोजनसहित २ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 
बैंकले आर्थिक वर्ष २०७७/७८ मा लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ३.५० प्रतिशत नगद लाभांश बाँडेको थियो । 
आव २०७८/७९ मा ३ प्रतिशत बोनस
सेयर र कर प्रयोजनका लागिसहित १०.६ प्रतिशत नगद गरी कुल १३.६ प्रतिशत लाभांश दिएको थियो ।

यसरी भएको थियो यो बैंकको उदय
२०६३ सालमा १८ औं वाणिज्य बैंकको रुपमा स्थापित ग्लोबल आइएमई बैंक १ अर्ब ५० करोड चुक्तापूँजीसहित स्थापना भएको थियो । यो
बैंकको स्थापनासँगै नेपालमा बैंकहरुको स्थापनाको लहर नै चलेको थियो । अहिले २१ वटा बैंक तथा वित्तीय संस्थासँग गाभिएर सबैभन्दा ठूलो बनेको छ । 
 

यो बैंकको मर्जरको इतिहास २०६८ माघ २० देखि सुरु भएको थियो । ग्लोबल आइएमईलाई मर्जरको नीतिलाई सफलतापूर्वक कार्यान्वयन गरी अपेक्षित प्रगति गर्दै गएको नेपाली बैंक तथा वित्तीय कम्पनीको उदाहरणका रुपमा हेर्ने गरिन्छ ।
 

बैंकले उक्त समयमा आइएमई फाइनान्सिएल इन्स्ट्च्यिुटलाई मर्ज गरेको थियो । यो मर्जर बैंक तथा वित्तीय संस्थाहरुमै सबैभन्दा पहिलो मर्जर थियो । उक्त समयमै लर्डबुद्ध फाइनान्सलाई पनि गाभेको थियो । तीन संस्था गाभिएपछि संस्थाको नाम २०६९ असार २५ गतेदेखि ग्लोबल आइएमई रहेर एकीकृत कारोबार भएको थियो ।
 

त्यसपछि सोसल डेभलपमेन्ट बैंकलाई गाभेको बैंकले यतिमै सीमित रहेन । सोही समयमा गुल्मी विकास बैंक पनि गाभियो । त्यसपछि कमर्स एन्ड ट्रस्ट बैंकलाई गाभेर सन् २०१६ मा दुई संस्था प्यासिफिक डेभलपमेन्ट बैंक र रिलायबल विकास बैंकसँग पनि मर्ज गर्ने प्रक्रिया अगाडि बढायो ।

ती दुई संस्था पनि बैंकमा मर्ज भए भने रिलायबल बैंकमा त्यसअघि नै कन्जुमर डेभलपमेन्ट बैंकलगायत तीनवटा विकास बैंक मर्ज भइसकेका थिए ।
 

त्यसपछि हाथ्वे फाइनान्स पनि ग्लोबल आइएमई बैंकमा बिलय भयो । अर्कोे वाणिज्य बैंक जनता बैंकसँग सफल मर्जर भयो । नेपालको बैंकिङ इतिहासमा यस मर्जरलाई सबैभन्दा ठूलो र सफल मर्जरका रुपमा हेर्ने गरिन्छ । जनता बैंक र ग्लोबल आइएमईले मर्जरपछि ०७६ मंसिर २० बाट एकीकृत कारोबार सुरु गरेका थिए ।
 

त्यसपछि बैंक अफ काठमाण्डूलाई गाभेपछि हाल नेपालकै ठूलो र वित्तीय सूचकका हिसाबले पनि नम्बर वान बैंक बनेको छ ।