काठमाण्डौ। डडेल्धुरा क्वारेन्टाइनमै बसेको अवस्थामा एक ६ वर्षे बालकको ज्यान गएको घटना सेलाउन नपाउँदै फेरि मंगलबार राति एक महिलाको ज्यान गएको छ।

डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ असिग्राम आधारभुत विद्यालय रौनाकोट क्वारेन्टाइनमा बसेकी ३० वर्षीया महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । मृतक महिला र उनका पति भारतबाट ४ दिनपहिले आएर क्वारेन्टाइनमा बसेका थिए। 

राति शौचालय गएकी महिला एक्कासी बेहोस भएर मृत्यु भएको गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले बताए। घटनाको जानकारी गराइसकिएको र केही बेरमै चिकित्सक आएर विस्तृत अनुसन्धान गर्ने उनले जानकारी दिए। 

यसअघि गत आइतबार राति डडेल्धुरा सदरमुकाम बाघखोरस्थित डडेल्धुरा बहुमुखी क्याम्पसमा राखिएका नवदुर्गा गाउँपालिका–३ एक ६ वर्षे बालकको मृत्यु भएको थियो। सोही दिन उनी आफ्ना आमाबाबुसँगै भारतबाट गाउँ फर्किएका थिए। उनीहरुको पनि स्वाब संकलन गरी धनगढीस्थित सेती प्रादेशिक अस्पताल पठाइएको छ। रिपोर्ट भने आइसकेको छैन।